advertisement
" /> कोरोनाको आशंकामा ६ जना टेकु र पाटन अस्पतालको आइसोलेसन वार्डमा - Sarbocha Media

कोरोनाको आशंकामा ६ जना टेकु र पाटन अस्पतालको आइसोलेसन वार्डमा

`

     २०७६ फाल्गुन २९ गते ९:४७

काठमाडौं, २९ फागुन  । कोरोना भाइरसको आशंकामा ६ जनालाई राजधानीका दुई अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार ४ जनालाई टेकु अस्पताल र २ जनालाई पाटन अस्पतालको आइसोलेसन वार्डमा राखिएको हो ।

बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता डा विकास देवकोटाले संक्रमणको आशंकामा ६ जनालाई आइसोलेसन वार्डमा राखिएको जानकारी दिए । उनले विभिन्न ८ देशका नागरिकलाई नेपाल आउनका लागि रोक लगाइएको पनि जानकारी दिए ।

advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?