राप्रपाले मुख्यमन्त्रीमा दाबी गरेका दुवै पक्षको समर्थन नगर्ने

`

     २०८० आश्विन २६ गते ११:३८

काठमाडौं, असोज २६ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले कोशी प्रदेशमा मुख्यमन्त्रीमा दाबी गरेका दुबै पक्षको समर्थन नगर्ने भएको छ।

आज बिहान बसेको राप्रपा पदाधिकारी बैठकले दुबै पक्षमा ४७/४७ जनाको हस्ताक्षर भएकाले तत्कालका लागि कुनै पनि पक्षमा नलाग्ने निर्णय गरेको हो।

अहिले तटस्थ बस्ने र पछि आवश्यक परे थप निर्णय गर्ने अध्यक्ष राजेन्द्र लिङ्देनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?