काठमाडौं, असोज २६ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले कोशी प्रदेशमा मुख्यमन्त्रीमा दाबी गरेका दुबै पक्षको समर्थन नगर्ने भएको छ।
आज बिहान बसेको राप्रपा पदाधिकारी बैठकले दुबै पक्षमा ४७/४७ जनाको हस्ताक्षर भएकाले तत्कालका लागि कुनै पनि पक्षमा नलाग्ने निर्णय गरेको हो।
अहिले तटस्थ बस्ने र पछि आवश्यक परे थप निर्णय गर्ने अध्यक्ष राजेन्द्र लिङ्देनले बताए।




