‘जन्मदै मुखमा सुनको चम्चा लिएर आएका मन्त्रीहरु भोलीका अर्बपति’

`

     २०८३ वैशाख ०१ गते १२:३२

काठमाडौं, वैशाख १ । बालेन्द्र शाह नेतृत्वको सरकारका मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्ति विवरणमाथि नेपाल सरकारका पूर्व सचिव भीम उपाध्यायले टिप्पणी गरेका छन्। मन्त्रीहरूको विलासी जीवनशैली र उल्लेख्य सम्पत्ति सार्वजनिक भएलगत्तै उपाध्यायले सामाजिक सञ्जाल फेसबुकमार्फत युवा मन्त्रीहरूको आर्थिक हैसियतमाथि प्रश्न उठाउँदै व्यङ्ग्य गरेका हुन् ।

पूर्व सचिव उपाध्यायले ४० वर्ष पनि नपुगेका युवा मन्त्रीहरूको सम्पत्ति देखेर आश्चर्य प्रकट गरेका छन् । उनले लेखेका छन्, “अहिले कम उमेरका ४० वर्ष नपुग्दैका युवा कालमै मन्त्रीहरू नै यति धनीरु प्रौढ हुँदासम्म त सबै जना अर्बपति हुने भए १”
हालै सार्वजनिक विवरण अनुसार शिक्षामन्त्री सस्मित पोखरेलको २४ करोडभन्दा बढीको सम्पत्ति देखिएको छ भने प्रधानमन्त्री बालेन शाह र उद्योगमन्त्री गौरी कुमारीसँग १८०(१९० तोला सुन रहेको पाइएको छ । धेरैजसो मन्त्रीहरू ३० देखि ४० वर्ष उमेर समूहका छन् ।

मन्त्रीहरूको यो अथाह सम्पत्तिको स्रोत र उनीहरूको भाग्यमाथि कटाक्ष गर्दै उपाध्यायले अगाडि लेखेका छन्, “जन्मदै मुखमा सुनको चम्चा लिएर आएका भाग्यमानी भएपछि १”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?