चिलीमा भीषण डढेलोमा १८ को मृत्यु, करिब ३०० घरहरू ध्वस्त

`

     २०८२ माघ ०६ गते ११:०४

काठमाडौँ, ५ माघ । चिलीको मध्य र दक्षिणी क्षेत्रमा फैलिएको विनाशकारी वन डढेलोका कारण मृत्यु हुनेको संख्या १८ पुगेको छ। राष्ट्रपति ग्याब्रिएल बोरिकले बायोबियो क्षेत्रको कन्सेप्सनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मृतकको संख्या अझै बढ्न सक्ने चेतावनी दिएका छन्। तीव्र हावा र अत्यधिक गर्मीका कारण डढेलो अनियन्त्रित बनेपछि सरकारले नुब्ले र बायोबियो क्षेत्रमा संकटकाल घोषणा गरेको छ।

डढेलोका कारण बायोबियो क्षेत्रमा मात्रै करिब ३०० घरहरू ध्वस्त भएका छन् भने देशभर यो संख्या एक हजार नाघ्न सक्ने अनुमान गरिएको छ। हालसम्म २४ हजार हेक्टरभन्दा बढी वन क्षेत्र सखाप भइसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?