इरानले बङ्गलादेशलाई पराजित गरेसँगै कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का

`

     २०८० आश्विन १७ गते १०:१३

काठमाडौँ, असोज १७ । चीनको हान्झाउमा जारी १९औं एसियाडमा बुधबार इरानले बंगलादेशलाई पराजित गरेपछि नेपालले पदक आफ्नो हातमा पार्ने निश्चित भएको छ ।

पहिलो पटक एसियाडमा सहभागी भएको महिला कबड्डी टिमले पदक पक्का गरेपछि नेपाल पदकविहीन अवस्थामा गुज्रिनु परेन ।

२९ खेलमा २५३ खेलाडी उतारेको नेपालले १२ दिनसम्म आइपुग्दा अन्य कुनै खेलबाट पदक जित्न सकको थिएन । आशा करिएका बक्सिङ र तेक्वान्दोबाट नेपाल निराश हुँदा करातेको खेल भने हुन बाँकी नै छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?