advertisement

महाशाखाले उक्त सडकखण्डलाई व्यवस्थित गर्न सरोकारवाला निकायसँग छलफल गरेको थियो। महाशाखाले यसभन्दा पहिले भक्तपुरको सूर्यविनायकदेखि कोटेश्वरसम्म उक्त नियम लागू गरिसकेको छ। महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले कोटेश्वरदेखि कलङ्कीसम्मको १० किलोमिटर सडकमा मासिक ८० भन्दा बढी सवारी दुर्घटना हुने गरेको बताउँदै दुर्घटना न्यूनीकरणका लागि उक्त नियम लागू गर्न लागेको जानकारी दिए।

महाशाखाले उक्त सडकखण्डमा मुख्य लेनमा ५० किलोमिटर प्रतिघण्टा तथा सर्भिस लेनमा २० किलोमिटर प्रतिघण्टाको दरले गति निर्धारण गरिसकेको छ।

" /> कोटेश्वर-कलंकी सडकखण्डमा चैत २ देखि नयाँ नियम लागू हुँदै - Sarbocha Media

कोटेश्वर-कलंकी सडकखण्डमा चैत २ देखि नयाँ नियम लागू हुँदै

`

     २०७६ फाल्गुन २८ गते १०:२२

काठमाडाैं, २८ फागुन । ट्राफिक प्रहरीले कोटेश्वर–कलङ्की सडक खण्डमा गुड्ने सवारीसाधनलाई नयाँ नियम लागू गर्ने भएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी आगमनलाई सहज बनाउँदै दुर्घटना न्यूनीकरणका लागि चैत २ गतेदेखि लागू गर्ने गरी नयाँ नियम ल्याउन लागेको हो।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले सार्वजनिक तथा मालबाहक कम गतिमा गुड्ने सवारीसाधनलाई सडकको बाँया तथा निजी र साना तीव्र गतिमा गुड्ने सवारीसाधनलाई सडकको दायाँ गुड्ने गरी व्यवस्था गर्न लागेको जानकारी दिए। ‘फराकिलो सडक र तीव्र गतिसँगै उक्त सडकमा बढ्दै गएको सवारी दुर्घटनालाई न्यूनीकरण गर्नका लागि उक्त नियम लागू गर्न लागेका हौँ’, उनले भने।

advertisement

महाशाखाले उक्त सडकखण्डलाई व्यवस्थित गर्न सरोकारवाला निकायसँग छलफल गरेको थियो। महाशाखाले यसभन्दा पहिले भक्तपुरको सूर्यविनायकदेखि कोटेश्वरसम्म उक्त नियम लागू गरिसकेको छ। महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले कोटेश्वरदेखि कलङ्कीसम्मको १० किलोमिटर सडकमा मासिक ८० भन्दा बढी सवारी दुर्घटना हुने गरेको बताउँदै दुर्घटना न्यूनीकरणका लागि उक्त नियम लागू गर्न लागेको जानकारी दिए।

महाशाखाले उक्त सडकखण्डमा मुख्य लेनमा ५० किलोमिटर प्रतिघण्टा तथा सर्भिस लेनमा २० किलोमिटर प्रतिघण्टाको दरले गति निर्धारण गरिसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?