एसियाली खेलकुदमा १३ स्वर्णसहित कुल १९ पदक जित्दै चीन पहिलो स्थानमा

`

     २०८० आश्विन ०७ गते ५:५०

काठमाडौँ, ७ असोज । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा आइतबार साँझसम्म आयोजक राष्ट्र चीन पदक तालिकाको पहिलो स्थानमा छ । चीनले हालसम्म १३ स्वर्ण, तीन रजत र तीन कांस्यसहित कुल १९ वटा पदक जितेको छ ।

दक्षिण कोरिया पदक तालिकाको दोस्रो स्थानमा आसिन छ । दक्षिण कोरियाले चार स्वर्ण, तीन रजत र तीन कांस्यसहित कुल १० वटा पदक हात पारेको छ । पदक तालिकामा जापान तेस्रो स्थानमा छ । जापानले हालसम्म दुई स्वर्ण, तीन रजत र दुई कांस्यसहित सातवटा पदक जितेको छ ।

पदक तालिकामा उज्बेकिस्तान चौथो स्थानमा छ । उज्बेकिस्तानले एक स्वर्ण, तीन रजत र दुई कांस्यसहित कुल ६ वटा पदक चुमेको छ । कुल तीन पदकसहित चाइनिज ताइपेई पाँचौं स्थानमा आसिन छ । चाइनिज ताइपेईले एक स्वर्ण, एक रजत र एक कांस्य पदक जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?