ललिता निवास प्रकरणः आजदेखि प्रतिवादीका वकिलले बहस गर्ने

`

     २०८० भाद्र १९ गते १०:४६

काठमाडौँ, १९ भाद्र । ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणको मुद्दामा आज (मंगलबार)देखि प्रतिवादीका कानुन व्यवसायीले बहस गर्ने भएका छन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलासमा जारी प्रारम्भिक (थुनछेक) सुनुवाइमा सरकारी वकिलले बहस सकिसकेका छन् ।

सोमबार भएको बहसमा सरकारी वकिलले प्रतिवादी बनाइएका सबैलाई थुनामा पठाउनुपर्ने जिकिर गरेका थिए । सोमबार सरकारी वकिलका तर्फबाट जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख अच्यूतमणी नेउपानेसहित ६ जनाले बहस गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?