काठमाडौँ, भदौ १२ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले श्रीलंका फुटबल संघमाथि लगाएको प्रतिबन्ध हटाएको छ ।
फिफाले श्रीलंका फुटबल संघलाई पत्र लेख्दै प्रतिबन्ध हटाएको जानकारी गराएको हो ।
फिफा, एएफसी र देशको खेलकुद मन्त्रालयको निर्देशनलाई अवज्ञा गर्दै आवधिक निर्वाचन गर्न नसकेको र संस्थालाई गति दिन नसकेका भन्दै फिफाले यसै वर्षको जनवरी २१ मा श्रीलंकामाथि प्रतिबन्ध लगाएको थियो ।




