स्विडेन विश्वकपको सेमिफाइनलमा

`

     २०८० श्रावण २६ गते ३:४४

काठमाडौँ, श्रावण २६ । जापानलाई हराउदै स्विडेन महिला विश्वकपको सेमिफाइनलमा पुगेको छ ।

शुक्रबार सम्पन्न क्वाटरफाइनलको खेलमा स्विडेनले जापानलाई २-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

स्विडेनको जितमा अमान्डाइस्टेड र फिलिप्प एंगलडालले एक एक गोल गरेका थिए । त्यस्तै जापानका लागि होनोका हायाशीले खेलको ८७औँ मिनेटमा गोल गर्दै कमब्याकको प्रयास गरेपनि त्यो पर्याप्त हुन सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?