मेसी आगमन बारे खराब टिप्पणी गरेका इन्टर मियामीका गोलकिपरसंग सम्झौता रद्ध

`

     २०८० श्रावण २३ गते १२:४४

काठमाडौँ, श्रावण २३ । इन्टर मियामीले लियोनेल मेसीको आगमनको विषयमा नकारात्मक टिप्पणी गरेका गोलकिपर निक मार्सम्यानसँगको सम्झौता रद्ध गरेको छ ।

गत जुनमा निकले मेसी इन्टर मियामी जाने निश्चित भएपछि क्लबले मेसी जस्तो ठुलो खेलाडीलाई कसरी भित्र्याउन सक्छ भन्दै प्रश्न गरेका थिए । उनले क्लबको पूर्वाधारको विषयमा प्रश्न उठाएका थिए । उनले इएसपीएनसँग भनेका थिए-म व्यक्तिगत रुपमा इन्टर मियामी मेसीलाई स्वागत गर्न तयार छैन भन्ने सोचाइमा छु । हामीसँग अस्थायी स्टेडियम छ, जसमा दर्शक सिधै मैदानसम्म आउन सक्छन् । कुनै गेट छैन । हामीले बिना सुरक्षाकर्मी मैदान छोड्नुपर्छ । त्यसैले मलाई लाग्छ हामी तयार छैनौं । तर पनि मलाई आशा छ मेसी आउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?