पूर्व कप्तान ज्ञानेन्द्र मल्लले लिए सन्यास

`

     २०८० श्रावण १९ गते ३:०६

काठमाडौँ, श्रावण १९ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले सन्यासको घोषणा गरेका छन् ।

३२ बर्षिय मल्लले शुक्रबार आकष्मिक रुपमा पत्रकार सम्मेलनको आयोजना गर्दै सन्यासको घोषणा गरेका हुन् ।

सन्यासको घोषणा गर्दै लामो समय देशका लागि खेलेको र अहिले बिदा हुने सहि समय भएको लागेर सन्यास लिएको बताएका छन् ।

मल्लले नेपालको प्रतिनीधित गर्दै ३७ एकदिवसीय र ४५ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।

उनले ३७ एकदिवसीय खेलमा ७ अर्धशतकसहित ८७६ रन बनाएका छन् भने ४५ टी-२० खेलमा एक शतक र २ अर्धशतकसहित ८८३ रन बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?