नेपाल आज बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्दै

`

     २०८० आषाढ २८ गते ११:३३

काठमाडौं, असार २८ । नेपाली महिला राष्ट्रिय फुटबल टिमले आज बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्दैछ।

बंगलादेशमा हुने खेल नेपाली समयअनुसार साँझ ५:१५ मा हुनेछ।

नेपाली राष्ट्रिय टिम अहिले एसियन गेम्सको तयारीमा छ। चीनमा सेप्टेम्बर-अक्टोबरमा हुने एसियन गेम्सको तयारीका लागि नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको हो।

नेपाल र बंगलादेशबीच गत वर्षको साफ च्याम्पियनसिपपछि पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो।

साफको फाइनलमा नेपालमाथि बंगलादेशले ३-१ गोलको जित निकाल्दै उपाधि जितेको थियो। नेपाली टिम त्यो हारको बदला लिने दाउमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?