काठमाडौँ, असार १४ । विश्व फुटबलको सर्वोच्च निकाय फिफा वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले आज सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल १७५औँ स्थानमा झरेको हो । यसअघि नेपाल १७४औँ स्थानमा रहेको थियो ।
विश्व वरीयतामा अर्जेन्टिना शीर्ष स्थानमा यथावत छ भने फ्रान्स दोस्रो रहेको छ । त्यस्तै ब्राजिल तेस्रो, इङ्ग्ल्यान्ड चौथो तथा बेल्जियम पाँचौँ स्थानमा छन् ।




