आज नेपाल र इरान भिड्दै

`

     २०८० आषाढ ०५ गते १०:०९

काठमाडौँ, ५ असार । किर्गिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगको तेस्रो खेलमा नेपालले आज इरानसँग प्रतिस्पर्धा गर्दैछ ।

बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा नेपालले इरानको सामना गर्न लागेको हो । नेपाल र इरानबीचको खेल ३ः४५ बजे सुरु हुनेछ ।

यसअघिका दुई खेलमा हार व्यहोरोको नेपाल आज जित निकाल्ने लक्ष्यका साथ मैदान प्रवेश गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?