अरू सबै सत्य, हामी चाहिँ झुटा : अर्थमन्त्री

`

     २०८० ज्येष्ठ २३ गते २:५४

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा बोल्दै अर्थमन्त्री डा. प्रकाशसरण महतले आर्थिक विधेयक बनाउनका लागि अनधिकृत व्यक्तीको संलग्नता भनेकै नबुझेको बताएका छन् । करका दर हेरफेर गर्न अनधिकृत व्यक्तिलाई संलग्न गराएको आरोप लागेपछि अर्थमन्त्री महतले नियम र प्रक्रियाअनुसार नै पूर्व नायव सुब्बा सहभागी भएको समेत बताए ।

संसदमा जवाफ दिँदै उनले भने, ‘कोही एक जनाले अनधिकृत व्यक्ती भनिदिएपछि सबै सत्य हुने रु हामीचाँहि असत्य र झुटा हुने रु’ यस्तो हुनै नसक्ने अर्थमन्त्री डा। महतको भनाई छ । ‘जिम्मेवारी लिइएको छ, कसम खाइएको छ । संसद्को सामुन्नेमा मैले भनिरहेको छु,’ मतले भने, ‘इमान्दारीमा एक इन्च र एक रौं पनि हल्लिएको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?