फिफा यू-२० विश्वकपको क्वाटर फाइनलको समीकरण पुरा

`

     २०८० ज्येष्ठ १९ गते ४:१४

काठमाडौँ, जेठ १९ । अर्जेन्टिनामा जारी फिफा यू-२० विश्वकपको क्वाटरफाइनलको समीकरण पुरा भएको छ ।

आयोजक अर्जेन्टिना भने राउण्ड १६ बाटै बाहिरिएको छ । क्वाटरफाइनलमा इटाली, नाइजेरिया, ब्राजिल, उरुग्वे, इजरायल, कोलम्बिया, दक्षिण कोरिया र अमेरिका पुगेका छन् ।

अब क्वाटरफाइनलमा ब्राजिलले इजरायलको सामना गर्ने छ भने इटालीले कोलोम्बियाको सामना गर्ने छ । दुवै खेल शनिबार हुने छन् ।

त्यस्तै आइतबार हुने क्वाटरफाइनलमा नाइजेरियाले दक्षिण कोरियाको सामना गर्ने छ भने उरुग्वेले अमेरिकाको सामना गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?