काठमाडौँ, बैशाख २१ । नेपाल उद्योग वाणिज्य महासंघले देशको अर्थतन्त्र मन्दीतर्फ गएको भन्दै सरकार र केन्द्रीय बैंक संबेदनशील हुनुपर्ने बताएको छ ।
विहिबार प्रेस विज्ञप्ति जारी गर्दै महासंघले पछिल्ला तीन त्रैमासमा अर्थतन्त्र ऋणात्मक रहनुले अर्थतन्त्रमा मन्दीको अवस्था देखाएको उल्लेख गरेको छ ।
महासंघले एक बर्षदेखि अन्तराष्ट्रिय बजारमा बढेको मुल्य र मुलुकभित्र भएका नीतिगत परिवर्तनका कारण अर्थतन्त्र मन्दीमा जानेतर्फ सरोकारवालाहरुको ध्यानाकर्षण गराउदै आएको उल्लेख गर्दै सम्बन्धित निकायबाट पहल नहुँदा अर्थतन्त्रमा चाप परेको गम्भीर ध्यानाकर्षण गराएको छ ।



