काठमाडौँ, वैशाख १४ । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर विजयनाथ भट्टराईले राष्ट्र बैंकमाथि ब्याजदर घटाउन परेको दबाबलाई उपयुक्त नभएको बताएका छन् । राष्ट्र बैंकको ६८ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
उद्योगी व्यवसायीको प्रवृत्ति निर्माण व्यवसायीको जस्तै भएको भन्दै उनले चालु पूँजी कर्जा प्रयोजन अनुसार खर्च हुनुपर्ने बताए ।
‘एउटा प्रयव्जनका लागि लिएको कर्जा अन्यत्र खर्च गर्ने प्रवृत्ति गलत हो । चालुपूँजी कर्जा मार्गदर्शन कार्यान्वयन गर्नुपर्छ’ उनले भने ।




