युराेपमा सबैभन्दा बढि इटालीमा कोरोना भाइरसकाे प्रकोप छ । अहिलेसम्म इटालीमा १७ जनाकाे मृत्यु भइसकेकाे छ भने ६५० भन्दा बढि संक्रमित छन् ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन इटालीले देशका एक दर्जन सहर बन्द गरेकाे छ ।  बन्द गरिएका इटालीको उत्तरी क्षेत्रका सहरलाई क्वारेन्टाइनमा राखिएको छ । ती सहरमा रहेका मानिसलाई घरभित्रै बस्न र उच्च सतर्कता अपनाउन प्रधानमन्त्री ज्युसेप कोन्टले आग्रह गरेका छन् । विशेष अवस्थाबाहेक ती सहरमा प्रवेश गर्न र बाहिर निस्किन रोक लगाइएको छ । विद्यालय तथा अन्य कार्यालय पनि बन्द गरिएको छ ।

अहिलेसम्म विश्वभरी कोरोना भाइरसबाट दुई हजार ८७३ व्यक्तिकोको मृत्यु भइसकेको छ भने ८३,००० भन्दा बढी सङ्क्रमित रहेको बताइएको छ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको सङ्क्रमण विश्वका ५६ देशमा फैलिएको जनाएको छ ।

शुरुमा चीनमा मात्र सिमीत रहेको यो सङ्क्रमण दक्षिण कोरिया र इरान हुँदै विश्वमा नै फैलिन थालेकोले यस अवस्थालाई विश्व स्वास्थ्य संगठनले नै चिन्तापूर्ण अवस्थाका रुपमा लिएको जनाएको छ । चीनपछि सबैभन्दा बढी सङ्क्रमण देखिएका मुलुकहरूमा दक्षिण कोरिया पहिलो हो ।

advertisement

कोरोना भाइरसको संक्रमण युरोप र मध्यपूर्वसम्म देखिएपछि नेपालमा पनि सरकारले उच्च सतर्कता अपनाउने तयारी गरेकाे छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नेपाललाई काेराेना संक्रमणकाे उच्च जोखिममा राखेको छ ।

" /> रोनाल्डोलाई पनि कोरोना भाइरसकाे त्रास ! - Sarbocha Media

रोनाल्डोलाई पनि कोरोना भाइरसकाे त्रास !

`

     २०७६ फाल्गुन १८ गते ९:१२

एजेन्सी, १८ फागुन । युभेन्टस स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई पनि कोरोना भाइरस [कोभिड १९] को त्रास भएको छ । रोनाल्डोसहित इटालीका तीन खेलाडीहरूमा कोरोना भाइरस संक्रमण हुने त्रास भएको बताइएको छ । यतिबेला इटालियन लिगका केही खेलहरु पनि स्थगित भएका छन् ।

रोनाल्डोसँगै आरोन राम्सेइलाई पनि कोराना भाइरसको संक्रमणकाे त्रास भएकाे । रोनाल्डो र राम्सेइलाई सवधानी अपनाउन सुझाव दिइएको अन्तराष्ट्रिय सञ्चामाध्यमले जनाएको छ । उनीहरु अहिले डाक्टरकाे निगारीमा रहेकाे बताइएकाे छ ।

“इटालीका केही खेलाडीहरुमा कोराना संक्रमण देखिन थालेको छ । त्यसलै रोनाल्डोमा पनि आफूमाथि संक्रमण हुने डरमा छन् । त्यसका लागि रोनाल्डोले जाँच पनि गरिसकेका छन् । उनले हाल डक्टरको सल्लाह पनि लिरहेका छन्,” अन्तराष्ट्रिय सञ्चामाध्यममा लेखिएको छ ।

युराेपमा सबैभन्दा बढि इटालीमा कोरोना भाइरसकाे प्रकोप छ । अहिलेसम्म इटालीमा १७ जनाकाे मृत्यु भइसकेकाे छ भने ६५० भन्दा बढि संक्रमित छन् ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन इटालीले देशका एक दर्जन सहर बन्द गरेकाे छ ।  बन्द गरिएका इटालीको उत्तरी क्षेत्रका सहरलाई क्वारेन्टाइनमा राखिएको छ । ती सहरमा रहेका मानिसलाई घरभित्रै बस्न र उच्च सतर्कता अपनाउन प्रधानमन्त्री ज्युसेप कोन्टले आग्रह गरेका छन् । विशेष अवस्थाबाहेक ती सहरमा प्रवेश गर्न र बाहिर निस्किन रोक लगाइएको छ । विद्यालय तथा अन्य कार्यालय पनि बन्द गरिएको छ ।

अहिलेसम्म विश्वभरी कोरोना भाइरसबाट दुई हजार ८७३ व्यक्तिकोको मृत्यु भइसकेको छ भने ८३,००० भन्दा बढी सङ्क्रमित रहेको बताइएको छ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको सङ्क्रमण विश्वका ५६ देशमा फैलिएको जनाएको छ ।

शुरुमा चीनमा मात्र सिमीत रहेको यो सङ्क्रमण दक्षिण कोरिया र इरान हुँदै विश्वमा नै फैलिन थालेकोले यस अवस्थालाई विश्व स्वास्थ्य संगठनले नै चिन्तापूर्ण अवस्थाका रुपमा लिएको जनाएको छ । चीनपछि सबैभन्दा बढी सङ्क्रमण देखिएका मुलुकहरूमा दक्षिण कोरिया पहिलो हो ।

advertisement

कोरोना भाइरसको संक्रमण युरोप र मध्यपूर्वसम्म देखिएपछि नेपालमा पनि सरकारले उच्च सतर्कता अपनाउने तयारी गरेकाे छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नेपाललाई काेराेना संक्रमणकाे उच्च जोखिममा राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?