सन्दीपविरुद्धको मुद्दा न्यायाधीश शंकरराज बरालको इजलासमा

`

     २०७९ चैत्र २६ गते १०:५८

काठमाडौं,२६चैत । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणीको मुद्दामा अन्तिम सुनुवाइको पेसी काठमाडौं जिल्ला अदालतका न्यायाधीश शंकरराज बरालको एकल इजलासमा परेको छ ।

निरन्तर पेसीमा रहे पनि अन्तिम सुनुवाइ नहुँदा मुद्दाले किनारा पाउन सकेको छैन। सर्वोच्च अदालतले मुद्दाको फैसला चाँडो गर्नका लागि जिल्ला अदालतलाई आदेश गरेको भए पनि विभिन्न कारणले पेसी स्थगित हुँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?