advertisement

दुर्घटनामा गम्भीर घाइते भएका डाँगीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा अमिलियामा ज्यान गएको तुलसीपुरका प्रहरी निरीक्षक (इन्स्पेक्टर) चक्रबहादर डमरपालले जानकारी दिएका छन् ।

" /> बागरखोलामा मोटरसाइकल दुर्घटना, १९ वर्षीय युवकको मृत्यु - Sarbocha Media

बागरखोलामा मोटरसाइकल दुर्घटना, १९ वर्षीय युवकको मृत्यु

`

     २०७६ फाल्गुन १६ गते २:४२

दाङ, १६ फागुन । दाङको बागरखोलामा बिहीबार राति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा तुलसीपुर उपमहानगरपालिका ८ अश्वारा निवासी १९ वर्षीय गौरव डाँगीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । अश्वाराबाट पश्चिमतर्फ गइरहेको रा ४ प १२७० नम्बरको मोटरसाइकल दङ्गीशरण गाउँपालिका–५ को बागरखोलामा दुर्घटना भएको हो ।

advertisement

दुर्घटनामा गम्भीर घाइते भएका डाँगीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा अमिलियामा ज्यान गएको तुलसीपुरका प्रहरी निरीक्षक (इन्स्पेक्टर) चक्रबहादर डमरपालले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?