भक्तपुरमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा  १ युवक पक्राउ

`

     २०७९ पौष ०५ गते १:४८

काठमाडौँ, पौष ५ । भक्तपुरमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

सूर्यविनायक नगरपालिका–४ मोर्डन चोक बस्ने सर्लाही हरिपुर नगरपालिका–६ घर भएका २९ वर्षीय महमद आरिफ शेखलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

ती किशोरीलाई शेखले सूर्यविनायक नगरपालिका–४ मोर्डन चोकमा लगेर आइतबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?