काठमाडौँ, मंसिर २५ । पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोषले रोनाल्डोलाई ‘प्लेइङ सेट’ मा नराख्दा आफुलाइ कुनै पश्चाताप नभएको प्रतिक्रिया दिएका छन् ।
‘मलाई लाग्दैन कि पश्चाताप छ।’ खेलमा पराजित भएपछि सान्तोषले भनेका छन् । ‘रोनाल्डो महान् खेलाडी हुन् । उनि आवश्यक पनि छन् । तर, मलाई लाग्छ यो टोली स्विट्जरल्यान्डसँग राम्रो खेलेको थियो,’ उनले थपे ।
युरोपेली राष्ट्र पोर्चुगललाई १–० ले स्तब्ध बनाउँदै शनिबार राति अफ्रिकन राष्ट्र मोरक्को पहिलो पटक फिफा विश्वकप फुटबलको सेमिफाइनलमा स्थान बनाउन सफल भयो ।
रोनाल्डो खेलको ५१औं मिनेटमा वैकल्पिक खेलाडी रुपमा मैदान प्रवेश गरेका थिए । ३९ मिनेट मैदानमा बिताउँछा ११ ‘टच’लिए ।
यस अघि रोनाल्डो समूह चरणका तीनै खेलमा प्लेइङ सेटमा रहेका थिए । स्विट्जरल्यान्डसँगको अन्तिम १६ भिडन्तमा भने बेन्चमै सिमित बने ।




