advertisement

सिनामङ्गलस्थित डिपोबाट गायब गरिएका साँचोले ट्याङ्करबाट इन्धन चोरी हुन सक्ने भएपछि निगमले तत्काल इन्डियन आयल कर्पोरेसनसँग अनुरोध गरी साँचो सिल गर्ने व्यवस्था गरेको छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतले भन्नुभयो, “साँचो हराएपछि तत्काल सिल गरी अर्को साँचोको व्यवस्था गरेका छौँ, साँचो हराए पनि तत्काललाई कुनै ‘रिक्स’ छैन, अनुसन्धान भइरहेको छ ।” यो खबर आजको गोरखापत्र दैनिमा छ ।

" /> हवाई इन्धन ढुवानी ट्याङ्करका मास्टर कि गायब गर्ने डिपो प्रमुखमाथि छानबिन सुरु - Sarbocha Media

हवाई इन्धन ढुवानी ट्याङ्करका मास्टर कि गायब गर्ने डिपो प्रमुखमाथि छानबिन सुरु

`

     २०७६ फाल्गुन १५ गते १:१५

काठमाडौं, १५ फागुन । हवाई इन्धन ढुवानी गर्ने ट्याङ्करका मुख्य साँचो (मास्टर कि) गायब गर्ने डिपो प्रमुख महेशमान श्रेष्ठमाथि नेपाल आयल निगमले समिति बनाएर अनुसन्धान थालेको छ । श्रेष्ठ सिनामङ्गल डिपो प्रमुख रहँदा माघ १९ गते साँचो हराएको थियो ।

साँचो राख्ने दराजको पासवर्ड डिपो प्रमुखसँग मात्रै हुन्छ । चार सय मुख्य साँचो गायब गरेका श्रेष्ठलाई निगमको केन्द्रीय कार्यालयमा ल्याई निगरानीमा राखेर अनुसन्धान थालिएको नेपाल आयल निगमले जनाएको छ ।

ढुवानीका क्रममा हुने चोरी तथा चुहावट नियन्त्रणका लागि निगमले २०७४ चैत १ गतेदेखि एकल ताला प्रणाली लागू गरेको थियो । जसमा पेट्रोलियम पदार्थ भर्ने र खन्याउने स्थानमा सुरक्षित तरिकाले ती साँचो राखिन्छ । ट्याङ्करलाई दिइँदैन ।

advertisement

सिनामङ्गलस्थित डिपोबाट गायब गरिएका साँचोले ट्याङ्करबाट इन्धन चोरी हुन सक्ने भएपछि निगमले तत्काल इन्डियन आयल कर्पोरेसनसँग अनुरोध गरी साँचो सिल गर्ने व्यवस्था गरेको छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतले भन्नुभयो, “साँचो हराएपछि तत्काल सिल गरी अर्को साँचोको व्यवस्था गरेका छौँ, साँचो हराए पनि तत्काललाई कुनै ‘रिक्स’ छैन, अनुसन्धान भइरहेको छ ।” यो खबर आजको गोरखापत्र दैनिमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?