ओनसरी घर्तीका लागि सत्ता गठबन्धनले आज कोटेश्वरमा चुनावी सभा गर्दै

`

     २०७९ मंसिर ०१ गते ९:००

काठमाडौं, मंसिर १, बिहीबार । आज मध्यरातदेखि मौन अवधि सुरू हुने भएकोले सत्ता गठबन्धनले आज अन्तिम चुनावी सभा गर्दैछ। मौन अवधिमा चुनावी प्रचार गर्न पाइँदैन। काठमाडौं क्षेत्र नम्बर २ निर्वाचन परिचालन समितिको आयोजनामा आज दिउँसो २ बजे हुने सभालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाली कांग्रेसका महामन्त्री गगन थापा लगायतले सम्बोधन गर्ने तय भएको छ।

काठमाडौं २ मा सत्ता गठबन्धनबाट पूर्वसभामुख ओनसरी घर्ती प्रतिनिधि सभा उम्मेदवार छिन्। साथै प्रदेश सभा क्षेत्र (क) मा कांग्रेसका ध्रुव केसी र (ख) मा एकीकृत समाजवादीका भरतप्रसाद फुयाल उम्मेदवार छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?