युनाइटेडमा मलाई धोका भयो: रोनाल्डो

`

     २०७९ कार्तिक २८ गते ५:२५

काठमाडौँ, कार्तिक २८ । क्रिस्टियानो रोनाल्डोले अन्तर्वार्तामा आफ्नो म्यानचेस्टर युनाइटेडमा अपमान भएको बताएका छन् ।

रोनाल्डोले अन्तर्वार्तामा युनाइटेडका प्रशिक्षक एरिक टेन ह्यांगलाई पनि आरोप लगाएका छन् । उनले प्रशिक्षक ह्यांगसहित युनाइटेडका केहि वरिष्ठ अधिकारीहरुले आफुलाई हटाउन चाहेको बताएका छन् ।

अन्तर्वार्तामा रोनाल्डो युनाइटेडमा खुशी नभएको स्पष्ट देखिएको छ ।

रोनाल्डोले भनेका छन्- ‘प्रशिक्षक एरिक टेन ह्यांगप्रति मेरो कुनै सम्मान छैन किनकी उनले मलाई सम्मान गरेका छैनन् । यदि मलाई कसैले सम्मान गर्दैन भने मैले कहिल्लै पनि त्यसप्रति सम्मान गर्दिन ।’

रोनाल्डोले आफुलाई युनाइटेडमा धोका भएको महसुस गरिरहेको टिप्पणी गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?