सर्वोच्च अदालतले (नो, नट अगेन) को पक्षमा फैसला गर्यो,कसैले कारबाही गर्न नपाउने

`

     २०७९ कार्तिक २४ गते ७:४३

काठमाडौं, कात्तिक २४ । (नो, नट अगेन) अभियानलाई कारबाही नगर्न यसअघि दिएको अल्पकालीन अन्तरिम आदेशलाई सर्वोच्च अदालतले निरन्तरता दिएको छ। बिहीबार सपना प्रधान मल्ल र सुष्मलता माथेमाको संयुक्त इजलासले यसअघिको आदेशलाई निरन्तरता दिएको सर्वोच्चको वेबसाइटमा उल्लेख छ। यसअघि न्यायाधीश हरि फुयालको इजलासले (नो, नट अगेन) अभियानलाई कारबाही नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो।

(नो, नट अगेन) अभियान चलाउने अभियान्ताहरूलाई कारबाही गर्ने निर्वाचन आयोगको निर्देशनविरूद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। निर्वाचन आयोगले विभिन्न दलका शीर्ष नेताको फोटो राखेर (नो, नट अगेन) को प्रचार रोक्न निर्देशन दिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?