काठमाडौ, असोज १० । पछिल्लो २४ घण्टामा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २६२४ जनाको नमूना परीक्षण गर्दा ५३ जनामा संक्रमण देखिएको हो ।
८२५ को पिसीआर परीक्षणबाट ३९ जना र १७९९ को एन्टीजेन परीक्षणबाट १४ जनामा संक्रमण पुष्टि भएको हो ।
यसैगरी, हाल नेपालमा ११ सय ७८ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । आज संक्रमितको मृत्यु भएको छैन ।
हालसम्म नेपालमा कोरोना संक्रमणका कारण १२ हजार १७ जनाले ज्यान गुमाइसकेका छन् ।




