हिन्दु परिषदद्वारा प्रचण्डको विरोध

`

     २०७९ आश्विन ०३ गते १०:१३

काठमाडौँ, ३ आश्विन । हिन्दू धर्मविरुद्ध सार्वजनिक अभिव्यक्ती दिएको भन्दै विश्व हिन्दु परिषद नेपालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डको विरोध प्रदर्शन गरेको छ ।

परिषदले आइतबार साझँ वीरगंजमा प्रचण्ड विरुद्धको नाराबाजी गर्दै उनको पुतला समेत दहन गरेको छ । शनीबार पार्टीको विज्ञान तथा प्रविधि विभागद्वारा काठमाडौंमा आयोजित राष्ट्रिय विज्ञान दिवस कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले समाजमा ३३ कोटी देवतालाई पूजा गर्दै हिड्ने तर मानिसलाई लात हान्दै हिड्ने प्रचलन रहेको बताएका थिए ।

उनले हिन्दू धर्मलाई आघात पुग्ने गरी अभिव्यक्ती दिएको भन्दै विश्व हिन्दू परीषद नेपालले कडा कारवाहीको माग गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?