काठमाडौँ, ३० भाद्र । नेकपा एकीकृत समाजवादीका बरिष्ठ नेता झलनाथ खनालले इलामका जनताले मत दिनेमा ढुक्क भएको बताएका छन् ।
सूर्योदय नगरपालिकालाई बालमैत्री घोषणा गर्ने कार्यक्रममा सहभागी हुन् आएका खनालले मुलुकको प्रगतिका लागि पनि जनताले आफूलाई मतदान गर्ने बताएका हुन् । नेता खनालले इलामे जनताले गणतन्त्रका पक्षधर, संविधानका पक्षधर र मुलुकमा स्थायीत्व पक्षधर मतदाताले आफूलाई मतदान गर्ने बताए ।




