ललितपुर, १३ फागुन । विद्यालयको जग्गा मिचेर सडक विस्तार गरिएको विरोधमा ललितपुरका स्थानीयले मेयरको पुत्ला जलाएका छन् ।
सर्वोच्च अदालतको आदेशको अवज्ञा गर्दै स्थानीयले मेयर चिरीबाबु महर्जनको पुत्ला जलाएका हुन् । ललितपुर महानगरपालिका–३, पुल्चोकमा रहेको मदन स्मारक माध्यमिक विद्यालयको जग्गा मिचेर सडक विस्तार गरिएको विरोधमा मंगलबार बिहान मेयरको पुत्ला दहन गरिएको बताइएको छ।

सर्वोच्च अदालतमा समेत पुगेको यो मुद्दाको अन्तिम टुंगो नलाग्दै बाटो विस्तार गरिएको भन्दै स्थानीयबासीले विरोध गर्दै आएका छन् । स्थानीयबासीका अनुसार बाटो विस्तार गरिएको स्थान वडा नम्बर ३ मा पर्ने भए पनि वडा नम्बर २० को उपभोक्ता समितिले काम गरेको छ ।




