advertisement

सय मेगावाट भन्दा कम क्षमताका जलविद्युत् आयोजनाको पीपीए डलरमा गर्न नपाइने गरी नयाँ कानूनी व्यवस्था आएकाले पनि खिम्तीको नयाँ पीपीए गरिन लागिएको हो । ‘हाल यसका लागि दुवै पक्षबीच छलफल भएको छ । डलरमा पीपीए हुँदैन तर पीपीए पहिलेको भन्दा सस्तो हुनेछ,’ प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने, ‘तर, प्रतियुनिट कति रुपैयाँ भनेर टुंगो लागेको छैन ।’ उनका अनुसार संयुक्त कम्पनीको नाम राख्नेलगायत विषय पनि अहिले छलफलकै क्रममा छ । यो खबर आजको आर्थिक अभियान दैनिकमा छ ।

" /> डलरमा पीपीए गर्दा आलोचित हुँदै आएको खिम्ती अब नेपाली रुपैयाँमा - Sarbocha Media

डलरमा पीपीए गर्दा आलोचित हुँदै आएको खिम्ती अब नेपाली रुपैयाँमा

`

     २०७६ फाल्गुन १३ गते ४:१३

काठमाडौं, १३ फागुन । डलरमा विद्युत् खरीदविक्री सम्झौता (पीपीए) गरेका कारण आलोचित हुँदै आएको खिम्ती जलविद्युत् आयोजना ९६ (मेगावाट)को नयाँ पीपीए अब नेपाली रुपैयाँमा गरिने भएको छ । नेपाल सरकार र प्रवर्द्धक कम्पनी हिमाल पावर लिमिटेडबीच भएको सम्झौताअनुसार आगामी असार २६ गतेबाट आयोजनाको ५० प्रतिशत स्वामित्व नेपाल विद्युत् प्राधिकरणमा आउने भएकाले नयाँ पीपीएको तयारी गरिएको हो ।

डलर पीपीएका कारण आफू मारमा परेको बताउँदै आएको प्राधिकरण पहिलेको भन्दा सस्तो दरमा नयाँ पीपीए गर्ने तयारीमा छ । अहिले आयोजनाको ५० प्रतिशत स्वामित्व प्राधिकरणलाई हस्तान्तरण गर्न दुवै पक्ष तयारीमा जुटेका छन् । यसका लागि प्राधिकरण र प्रवद्र्धक दुवैको स्वामित्व हुने गरी संयुक्त कम्पनी स्थापना गरिँदै छ । र, सोही कम्पनीले विद्युत् प्राधिकरणसँग नयाँ पीपीए गर्नेछ । स्थापना गरिने संयुक्त कम्पनीले हिमाल पावरबाट खिम्तीको स्वामित्व लिनेछ । त्यसपछि सो आयोजना विद्युत् प्राधिकरण र हिमाल पावरको आधा स्वामित्व हुने र नाफा आधाआधा बाँडिने प्राधिकरणले बताएको छ ।

advertisement

सय मेगावाट भन्दा कम क्षमताका जलविद्युत् आयोजनाको पीपीए डलरमा गर्न नपाइने गरी नयाँ कानूनी व्यवस्था आएकाले पनि खिम्तीको नयाँ पीपीए गरिन लागिएको हो । ‘हाल यसका लागि दुवै पक्षबीच छलफल भएको छ । डलरमा पीपीए हुँदैन तर पीपीए पहिलेको भन्दा सस्तो हुनेछ,’ प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने, ‘तर, प्रतियुनिट कति रुपैयाँ भनेर टुंगो लागेको छैन ।’ उनका अनुसार संयुक्त कम्पनीको नाम राख्नेलगायत विषय पनि अहिले छलफलकै क्रममा छ । यो खबर आजको आर्थिक अभियान दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?