नेप्सेमा ११.४६ अङ्कको गिरावट

`

     २०७९ भाद्र २६ गते ३:२७

काठमाडौँ, १६ भदौ । आज नेप्सेमा ११.४६ अंकको गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ११.४६ अंकले घटेर १९२६.२८ अंकमा झर्दा कारोबार रकम भने ७४ करोड ७२ लाख रुपैयाँमा खुम्चिन पुगेको छ । आज कुल २५ लाख २४ हजार २२४ कित्ता सेयर २० हजार भन्दा बढी पटक किनबेच हुँदा कुल ७४ करोड ७२ लाख २६ हजार ६२५ रुपैयाँको मात्र कारोबार भएको हो ।

आज अन्य समूहको उपसूचक बाहेक १२ वटा उपसूचक ऋणात्मक भएका छन् ।

मैलुङ खोला जलविद्युत कम्पनीका सेयरधनीहरुले ४.५६ प्रतिशतले कमाएका छन् भने हिमालयन एभरेष्ट इन्स्योरेन्सका सेयरधनीहरुले ५.८२ प्रतिशतले गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?