बालिकालाई बलात्कार गरेको आरोपमा सन्दीप लामिछाने विरुद्ध प्रहरीमा उजुरी

`

     २०७९ भाद्र २२ गते ९:४५

काठमाडौँ, भदौ २२ । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले एक बालिकालाई बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी परेको छ ।

लामिछानेविरूद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा मंगलबार जबरजस्ती करणीको उजुरी परेको हो । प्रहरी स्रोतले मंगलबार साँझ नै पीडितको स्वास्थ्य परीक्षण गरेको बताएको छ ।

लामिछानेले काठमाडौंकी १७ वर्षीया नाबालिगलाई भदौ ५ गते काठमाडौंकै एक होटलमा बलात्कार गरेको उजुरीमा उल्लेख गरिएको छ । लामिछाने नेपाली राष्ट्रिय टिमको केन्या टूरमा टी-२० सिरिज खेलेपछि अहिले क्यारेबियन प्रिमियर लिग खेल्न वेस्टइन्डिजमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?