ट्राफिक प्रहरीद्वारा काठमाडौं उपत्यकामा एकैदिन ३ हजार ८ सय जना सवारी चालकलाई कारबाही

`

     २०७९ भाद्र २१ गते ११:००

काठमाडौं, भदौ २१ । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन ३ हजार ८ सय जना सवारी चालकलाई कारबाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई उपत्यकाको विभिन्न स्थानमा कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बताएको छ ।

कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १५६, लेन अनुशासन पालना नगर्ने १३५, रेड लाइटमा सवारी साधन चलाउने ९५, निषेधित क्षेत्रमा हर्न बजाउने २४१, नम्बर प्लेट राम्रोसँग नराख्ने ३२ जना सवारी चालक रहेका छन् ।

यस्तै ३ हजार १४१ जना सवारी चालकलाई अन्य कारबाही गरिएको कार्यालयले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?