लिग वानमा पीएसजीको टुलुज माथि सहज जित

`

     २०७९ भाद्र १६ गते ८:५६

एजेन्सी, भदौ १६ । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन पीएसजीले सहज जित निकालेको छ । बुधबार राति भएको खेलमा पीएसजीले टुलुजलाई ३–० गोल अन्तरले हराएको हो । टुलुजको घरेलु मैदानमा भएको खेलमा पीएसजीलाई जित दिलाउन नेयमार, केलियन एम्बाप्पे र जुआन बर्नाटले १ – १ गोल गरे ।

खेलको ३७औं मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । ५०औं मिनेटमा एम्बाप्पेको गोलमा पीएसजीले अग्रता दोब्बर पार्यो । ९०औं मिनेटमा बर्नाटले गोल गर्दै पीएसजीलाई ३–० गोलको जित दिलाए । जितसँगै पीएसजीले लिगमा पाँच खेलबाट १३ अंक जोडेको छ । पीएसजी तालिकाको शीर्ष स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?