पाँचथर, भाद्र १४ । धन बहादुर बायुङ राईको अध्यक्षतामा २०७९, भाद्र १३ गतेको दिन किरात बायुङ राई सुम्निखिमको पाँचथर जिल्ला कार्य समिति गठन कार्यक्रम सम्पन्न भएको छ । केन्द्रीय कोषाध्यक्ष पार्बती बायुङ राई र सुनसरी जिल्ला अध्यक्ष चन्द बहादुर बायुङ राई को उपस्थितमा जिल्ला कार्य समिति गठन भएको हो । किरात बायुङ राई सुम्निखिमको अनुसार २४ जिल्ला भन्दा धेरै जिल्लामा बायुङ राईहरूको बसोबास रहेको पाइन्छ ।
समितिका पदाधिकारीहरू:
अध्यक्ष: धन बहादुर बायुङ राई
उपाध्यक्ष: बिर प्रसाद बायुङ राई
उपाध्यक्ष: मधु माया बायुङ राई
सचिव: भुपाल बायुङ राई
सह–सचिव: सुरेन्द्र बायुङ राई
कोषाध्यक्ष रत्न कुमारि बायुङ राई

सदस्यहरू:
बल बहादुर बायुङ राई
श्री प्रसाद बायुङ राई
बिर बहादुर बायुङ राई
राज कुमारी बायुङ राई
चक्र बहादुर बायुङ राई
खिनी माया बायुङ राई
कबि राज बायुङ राई
नरमाया बायुङ राई
राजन बायुङ राई
बिस्वास बायुङ राई
शौकुमार बायुङ राई
पदाधिकारीहरूका अनुसार वहाँहरूको आदिम थलो चाहिँ सोलुखुम्बु , ओखलढुङ्गा र खोटाङ हो । बायुङ राईहरूको मातृभाषा , इतिहास , लिपि, संस्कृति र तुम्लोयालो आदिको संरक्षण, विकास र प्रवर्द्धन गर्ने उद्देश्यका साथ किरात बायुङ सुम्निखिम जिल्ला कार्य समिति गठन गरिएको हो । छोटो समयमा नै किरात बायुङ राई सुम्निखिमले सोलुखुम्बु , खोटाङ , ओखलढुङ्गा जिल्ला कार्य समिति गठन गर्दै सङ्खुवासभा, पाँचथर जिल्ला हुँदै हङकङ प्रवास सम्म कमिटी गठन गरि सकेको छ ।




