नेपालमा थप २०२ जना कोरोना सङ्क्रमित

`

     २०७९ भाद्र १२ गते ५:५२

काठमाडौँ, १२ भदौ । आज नेपालमा २०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

३८३३ जनामा गरिएको नमूना परीक्षणपछि २०२ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा ४६२ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने १ जनाको मृत्यु भएको छ ।

अहिले देशभर ३३१३ जना सक्रिय संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?