चारै वटा स्कुलले हरेक वर्ष फुटसल, बास्केटबल, टेबलटेनिस लगायतका लिग टुर्नामेन्टका साथसाथै अन्य को–करिकुलर एक्टिभिटिहरु पनि संचालन गर्ने छन् । यस्ता प्रतिस्पर्धाहरु घरेलु तथा वाह्य मैदानमा हुनेछन् । यस वर्षको फुटसल प्रतियोगिता गर्ने जिम्मा विद्या संस्कार स्कुलले लिएको छ भने बांकी तीन वटा विद्यालयले स्वीमिङ्ग, बास्केटबल र टेबलटेनिस प्रतियोगिता गराउने छन् ।

विद्या संस्कार स्कुलले आयोजना गर्ने फुटसल प्रतियोगितामा U-12 र U-14 गरी दुई समुहका विद्यार्थीहरुले भाग लिने छन् जसमा विद्यार्थीहरुले आफ्नो र प्रतिस्पर्धी विद्यालयको मैदानमा हरेकले हरेक विद्यालयसंग प्रतिस्पर्धा गर्ने छन् । हरेक खेलमा म्यान अफ द म्याच लगायत अन्य विधामा पुरस्कृत गरिने छ । ३ वर्ष सम्म लगातार जित्ने विद्यालयले मात्र यस प्रतियोगिताको उपाधी  सधैको लागी आफ्नो बनाउन सक्ने छ ।

यस फुटसल प्रतियोगिताको भव्य समुद्घाटन यही भाद्र १० गते विद्या संस्कार स्कुल परिसरमा सम्पन्न भएको छ । एन्फाका ग्रास रुट म्यानेजर मनोज रञ्जितको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त समुद्घाटन पहिला दई खेलमा विद्या संस्कार स्कुलका U-14 र स्वस्तीश्री गुरुकुल आई. बि. वल्र्ड स्कुलका U-12 अन्तरगतका विद्यार्थीहरुले जीत हासिल गरेका छन् । यस प्रतियोगिताको समापन आउँदो मंसिर १६ गते विद्या संस्कार स्कुल परिसरमा हुनेछ ।

" /> विद्या संस्कार स्कुल लगायतको आयोजनामा फेटरनीटी कपको समुद्घाटन, फुटसल प्रतियोगितामा विद्या संस्कार स्कुल विजयी - Sarbocha Media

विद्या संस्कार स्कुल लगायतको आयोजनामा फेटरनीटी कपको समुद्घाटन, फुटसल प्रतियोगितामा विद्या संस्कार स्कुल विजयी

`

     २०७९ भाद्र १० गते १०:०७

काठमाडौँ, १० भदौ । आजको समयमा विद्यालय जाने बालबालिकाहरुको सफल भविष्यका लागि किताबी ज्ञान मात्रै पर्याप्त हुदैन । बालबालिकाको चौतर्फी विकासका लागी अतिरिक्त कृयाकलापहरुको पनि उत्तिकै जरुरी हुन्छ भन्ने यथार्थलाई मनन गरी विद्या संस्कार स्कुलले वर्षभरि नै विभिन्न अतिरिक्त कृयाकलापहरु आयोजना गर्ने गर्दछ । विद्यालय भित्र संचालन हुने कृयाकलापहरु बालबालिकाहरुको उन्नति मुल्याङ्कन, सिप विकास र आत्मबल विकासका लागि अझै अपुग नै हुन्छ । तसर्थ विद्या संस्कार स्कुलले स्वस्तीश्री गुरुकुल आई. बि. वल्र्ड, डाफोडील स्कूल र एक्सेलसियर स्कूलको आपसी समन्वयमा फेटरनीटी कपको आयोजना गर्ने भएको छ ।

चारै वटा स्कुलले हरेक वर्ष फुटसल, बास्केटबल, टेबलटेनिस लगायतका लिग टुर्नामेन्टका साथसाथै अन्य को–करिकुलर एक्टिभिटिहरु पनि संचालन गर्ने छन् । यस्ता प्रतिस्पर्धाहरु घरेलु तथा वाह्य मैदानमा हुनेछन् । यस वर्षको फुटसल प्रतियोगिता गर्ने जिम्मा विद्या संस्कार स्कुलले लिएको छ भने बांकी तीन वटा विद्यालयले स्वीमिङ्ग, बास्केटबल र टेबलटेनिस प्रतियोगिता गराउने छन् ।

विद्या संस्कार स्कुलले आयोजना गर्ने फुटसल प्रतियोगितामा U-12 र U-14 गरी दुई समुहका विद्यार्थीहरुले भाग लिने छन् जसमा विद्यार्थीहरुले आफ्नो र प्रतिस्पर्धी विद्यालयको मैदानमा हरेकले हरेक विद्यालयसंग प्रतिस्पर्धा गर्ने छन् । हरेक खेलमा म्यान अफ द म्याच लगायत अन्य विधामा पुरस्कृत गरिने छ । ३ वर्ष सम्म लगातार जित्ने विद्यालयले मात्र यस प्रतियोगिताको उपाधी  सधैको लागी आफ्नो बनाउन सक्ने छ ।

यस फुटसल प्रतियोगिताको भव्य समुद्घाटन यही भाद्र १० गते विद्या संस्कार स्कुल परिसरमा सम्पन्न भएको छ । एन्फाका ग्रास रुट म्यानेजर मनोज रञ्जितको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त समुद्घाटन पहिला दई खेलमा विद्या संस्कार स्कुलका U-14 र स्वस्तीश्री गुरुकुल आई. बि. वल्र्ड स्कुलका U-12 अन्तरगतका विद्यार्थीहरुले जीत हासिल गरेका छन् । यस प्रतियोगिताको समापन आउँदो मंसिर १६ गते विद्या संस्कार स्कुल परिसरमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?