सशस्त्रद्वारा प्रहरीले आइतबार बिहान कोसी नदीबाट २ सय ४० किलो गाँजा नियन्त्रण

`

     २०७९ भाद्र ०५ गते १०:५१

काठमाडौँ, भाद्र ५ । ट्युबमा बाँधेर नेपालबाट भारततर्फ गाँजा तस्करी हुने गरेको पाइएको छ । काठलाई हावा भरिएको ट्युबमा बाँधेर त्यसमा प्लास्टिकको बोरामा प्याक गरिएको गाँजा राखी कोसी नदी हुँदै भारततर्फ तस्करी गर्ने गरेको पाइएको प्रहरीले बताएका हो ।

सशस्त्र प्रहरीले आइतबार बिहान कोसी नदीबाट ट्युबमा बाँधेर नदीमा तैरिरहेको अवस्थामा ९ वटा पोकामा रहेको २ सय ४० किलो गाँजा नियन्त्रणमा लिएपछि तस्करीको नयाँ तरिका खुलेको हो । सशस्त्र प्रहरी बल गण नम्बर ६ राजविराजका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रदीप खड्काका अनुसार हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ स्थित कोसी नदीमा पटेरको घारीबाट २ सय ४० किलो गाँजा नियन्त्रणमा लिइएको हो ।

पहाडी जिल्लाहरूबाट सप्तरी आउने गाँजा कोसी नदी हुँदै भारततर्फ तस्करी हुँदै आएको छ । पछिल्लो समय सशस्त्र प्रहरीले कोसी ब्यारेजलगायत क्षेत्रमा निगरानी बढाएपछि तस्करहरूले काठमा हावा भरिएको टयुब बाँधी त्यसमा गाँजाको पोका बाधेर नदीमार्फत भारततर्फ तस्करी गर्ने गरेका हुन्त । र डुंगामाथि सुरक्षाकर्मीले निगरानी बढाएपछि तस्करले ट्युबमा बाँधेर नदी हुँदै तस्करी गर्ने नयाँ उपाय निकालेको हुन सक्ने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?