देशभर पछिल्लो २४ घण्टामा थप ५४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

`

     २०७९ भाद्र ०२ गते ५:१३

काठमाडौ, भदौ २ । देशभर पछिल्लो २४ घण्टामा थप ५४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको अपडेट अनुसार ४९३० जनामा परीक्षण गर्दा ५४२ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै २०८२ नमुनाको पीसीआर परीक्षण गर्दा २२४ जनामा र २८४८ नमुनाको एन्टिजेन परीक्षण गर्दा ३१८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै सक्रिय संक्रमितको संख्या ५ हजार २६५ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणबाट अहिलेसम्म नेपालमा ११ हजार ९९० जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?