आज नेप्सेमा २७.७२ अंकको वृद्धि

`

     २०७९ भाद्र ०२ गते ३:२४

काठमाडौँ, भदौ २ । आज नेप्से २७.७२ अंकले बढेको छ । सो अंकको वृद्धिपछि २०६८ अंकमा पुगेको छ । कुल २ अर्ब ५ करोड रुपैयाँको कारोबार भयो । हिजो १ अर्ब ४० करोडको कारोबार भएको थियो ।

बैंकिङ ७, विकास बैंक ११७, फाइनान्स ५३, होटल तथा पर्यटन ७, जलविद्युत् ७२, जीवन बीमा ५२, उत्पादन ५३, माइक्रोफाइनान्स ६१, निर्जीवन बीमा ५६, अन्य ३४ र व्यापार उपसमूह २२ अंक बढे ।

कुल १७१ कम्पनीको मूल्य बढ्यो भने १२ को घट्यो, ३ को स्थिर रह्यो । ४ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । मन्दकिनी हाइड्रो, अपर सोलु, स्वेतगंगा र अपर हेवाखोलाको मूल्य १० प्रतिशत बढेको हो । कारोबार रकमका आधारमा भने रिडी पावर, अपी पावर, शिवम् सिमेन्ट, अरुणकाबेली पावर र आईसीएफसी फाइनान्स क्रमशस् अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?