आज नेप्सेमा ०.३६ अंकको गिरावट

`

     २०७९ भाद्र ०१ गते ३:३४

काठमाडौं, भदौ १ । आज नेप्सेमा ०.३६ अंकको गिरावट भएको छ । आज कारोबार समयदेखि घट्न थालेको नेप्से साढे १२ बजेपछि भने बढ्न थालेको थियो । ०.३६ अंकले घटेसँगै नेप्से परिसूचक २ हजार ४० अंकमा आएर रोकिएको छ ।

यस्तै, आज ०.२८ अंकले बढेर सेन्सेटिभ परिसूचक ३९४ अंकमा पुगेर रोकिएको छ । यसक्रममा आज ३४ लाख ९७ हजार कित्ता सेयर किनबेच भई १ अर्ब ४० करोड ५९ लाख रुपैयाँको सेयर किनबेच भएको छ । परिसूचकमा सामान्य अंकको गिरावट आउँदा ६ समूहमा गिरावट आएको छ । जीवन बीमा समूह ४५ अंकले घटेको छ भने बैंकिङ समूह ३.७५ अंकले घटेको छ । यस्तै, व्यापार र अन्य समूहमा समान ३र३ अंकको गिरावट आएको छ भने होटल र टुरिजम समूहमा ०.१८ अंक र लगानी समूहमा ०.१३ अंकको गिरावट आएको छ ।

परिसूचकमा सामान्य गिरावट आउँदा आजदेखि कारोबारमा आएको स्वेतगंगा हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यसका साथै, मन्दाकिनी हाइड्रोपावर, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था, अपर सोलु हाइड्रोपावर इलेक्ट्रिक लिमिटेड र दोर्दी खोला जलविद्युत आयोजनाको सेयर मूल्यमा ९ प्रतिशतभन्दा बढीको सुधार आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?