बार्यनले उल्फवर्गलाई २–० गोल अन्तरले जित्यो

`

     २०७९ श्रावण ३० गते ११:२४

काठमाडौँ, साउन ३० । जर्मन बुन्डेस लिग फुटबलमा साविकको विजेता बायर्न म्युनिखले सहज जित निकालेको छ । शनिबार भएको खेलमा बार्यनले उल्फवर्गलाई २–० गोल अन्तरले हराएको हो । घरेलु मैदानमा भएको खेलमा बायर्नलाई जित दिलाउन जमाल मुसियाला र थोमस मुलरले १ – १ गोल गरे ।

बायर्नले दुबै गोल पहिलो हाफमा गरेको हो । खेलको ३३ औं मिनेटमा मुसियालले गोल गर्दै टिमलाई अग्रता दिलाए । ४३ औं मिनेटमा मुलरले गोल गर्दै बायर्नलाई २–० गोलको जित दिलाए । जितसँगै बायर्नले दुई खेलबाट ६ अंक जोडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?