काठमाडौं उपत्यका भित्र २४ घण्टामा २ हजार ७४१ जना सवारी चालकलाई कारवाही

`

     २०७९ श्रावण २६ गते ११:०१

काठमाडौं, साउन २६ । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार ७४१ जना सवारी चालकलाई कारवाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेका कारण बुधबार उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बताएको छ ।

कारवाहीमा पर्नेमा लेन अनुशासन पालना नगर्ने १४९, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने ११३, रेड लाइटको पालना नगर्ने १२० र नम्बर प्लेज देखिने गरी नराख्ने ३३ जना सवारी चालक रहेका छन् ।

बाँकी २ हजार ३२६ जना सवारी चालकलाई भने अन्य कारवाही गरिएको कार्यालयले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?