ट्रकको ठक्करबाट एक २५ वर्षीय युवकको मृत्यु

`

     २०७९ श्रावण २६ गते १०:३०

काठमाडौँ, साउन २६ । भरतपुर महानगरपालिका – २९ जुगेडीमा गएराती ट्रकको ठक्करबाट १ अन्दाजी २५ वर्षीय युवकको मृत्यु भएको छ । युवकको मृत्यु भएपनि मृतकको भने सनाखत हुन अझै बाँकी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ ।

भरतपुरबाट मुग्लिङतर्फ आउँदै गरेको ग १ ख ९९५५ नम्बरको ट्रकले गएराति सवा ८ बजे पैदल हिडिरहेका ती युवकलाई ठक्कर दिएको थियो। ठक्कर दिएलगत्तै घटनास्थलमा युवकको ज्यान गएको थियो । ट्रक सहित चालकलाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?