काठमाडौं, साउन २४ । मंगलबार नेप्से ४३.३५ अंक ९२.०६ प्रतिशत० ले गिरावट हुँदा २०६०.७३ अंकमा बन्द भएको छ । मंगलबार सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको छ । नेप्सेमा गिरावट भएपनि मंगलबार बजारमा ६६ लाख ४६ हजार ३६ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८१ करोड ५१ लाख ४४ हजार ५९८ रुपैयाँको कारोबार भएको छ । जसमध्ये नागरिक लगानी कोषको १५ करोड १० लाख ९८ हजारको कारोबार भएको छ । ३० प्रतिशत बोनस सेयर बुक गर्ने अन्तिम दिने नेप्सेमा कम्पनीको सेयर कारोबारमा आकर्षण देखिएको छ ।
मंगलबार नप्सेमा १८१ कम्पनीको सेयर कारोबार भएकोमा १७१ कम्पनीको सेयरमूल्य घटेको छ । त्यस्तै ९ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा १ कम्पनीको सेयरमूल्य स्थिर छ । जसमध्ये हिमालयन हाइड्रोपावर लिमिटेडको सेयर ९.९७ प्रतिशतले वृद्धि भएको छ ।
मंगलबार सबैभन्दा बढी गुमाउनेमा गणपति लघुवित्त वित्तीय संस्था रहेको छ ।




