नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप यूएई इन्टरनेसनल टी-ट्वान्टी लिगमा अनुबन्ध

`

     २०७९ श्रावण २३ गते ५:२५

काठमाडौं, साउन २३ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने यूएई इन्टरनेसनल टी-ट्वान्टी लिगमा अनुबन्ध भएका छन् । युएईको फ्रेन्चाईज क्रिकेट प्रतियोगिताको पहिलो संस्करणका लागि सन्दीप मार्की खेलाडीको रुपमा अनुबन्ध गरेको हो ।

ईमिरेट्स क्रिकेट बोर्डले सोमबार सन्दीपसहित २० खेलाडीलाई मार्कीको रुपमा अनुबन्ध गरिएको बताएको छ । सन्दीप कुन टिमबाट खेल्ने भन्ने टुङ्गो लागेको छैन । प्रतियोगिता आगामी जनवरी ६ देखि फेब्रुवरी १२ सम्म आयोजना हुनेछ । प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?